नयाँ बानेश्वरमा गुडिरहेको बस एक्कासी भासिँएपछि......

शुक्रबार, माघ १२, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वर सडकमा  गुडिरहेको बस एक्कासी भासिँएको छ।

Honor x7 pad

नयाँ बानेश्वर हुँदै रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला बानेश्वरमा एक्कासी भासिँएपछि यात्रुहरु फटाफट बाहिर निस्किएका थिए।

बस भसिँएर कोल्टे परेपछि यात्रुहरु अत्तालिएर बसबाट बाहिर गएका थिए। उपत्यका ट्राफिक प्रहरीका अनुसार बसको पछाडीको चक्का भासिँएको हो।

ट्राफिक प्रहरीले भासिँएको उक्त बसलाई क्रेन मगाएर हटाउने तयारी गरिरहेको जनाएको छ । उक्त सडक खण्डमा यसअघि पनि सिभिल अस्पताल अगाडिको सडकमा बस  भासिएर ठूलो खाल्डो परेको थियो । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्