लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषमा काम गर्नबाट उच्च अदालतले लगायो रोक

सोमबार, माघ ८, २०८०
honor mob  winter sales

काठमाडौं । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई काम नगर्न अदालतले आदेश दिएको छ।

Honor x7 pad

उच्च अदालत पाटनले लक्ष्मीको नियुक्ति तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्दै उनलाई कामकाज नगराउन भनेको  हो ।

कार्यकारी निर्देशकमा नियुक्त भएकी लक्ष्मीको योग्यता र मापदण्ड नपुगेको भन्दै उच्च अदालत पाटनमा परेको रिटको सुनुवाइ गर्दै अदालतले उनलाई कामकाज नगर्न र नगराउन आदेश दिएको हो।  

लक्ष्मीलाई पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले गत पुस ४ गते कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्