रुसी र युक्रेनी सेनामा जागिर खाने नाममा देशको कानून उल्लङ्घन नगर्नुहोस्:प्रधामन्त्री

आइतबार, माघ ७, २०८०
honor २२ sept

काठमाडौँ । रुसी र युक्रेनी सेनामा गएर जागिर खाने नाममा देशको कानून उल्लङ्घन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुरोध गरेका छन् । आज बिहान प्रधानमन्त्री दाहालले यस्तो अनुरोध गरेका हुन्। 

X7D

उनले रुस, युक्रेन सेनामा नेपालीहरू भर्ती भएको विषयबारे जानकारी दिँदै जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीति विपरीत, संविधानको मर्म विपरीत, संविधानको मर्म विपरीत र लोकतान्त्रिक राष्ट्रिय स्वाधीनताको भावना विपरीत सेनामा भर्ती नहुन आग्रह गरे । उनले विगतमा सम्झौता भएका भारत र इंग्ल्याण्ड बाहेक अन्यत्र कतै पनि नेपाली युवाहरूलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको जिकिर गरे । उनले रुसलाई युगान्डा भ्रमणका क्रममा पनि नेपाली युवाहरु सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फकाइदिन आग्रह गरिएको बताए।

उनले भने, ‘रुस वा युक्रेनमा त्यहाँको लडाइँमा नेपालीहरू रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील छ । सरकारको तर्फबाट हाम्रो यस्तो नीति छैन । जोसँग सम्झौता भएका विगतका भारत र इंग्ल्याण्ड बाहेक अन्यत्र कतै पनि नेपाली युवाहरूलाई कहीँ पनि सेनामा भर्ती गर्ने नीति छैन । रुसलाई नोट पठाइएको छ । परराष्ट्रमन्त्रीज्युले पटक पटक यो विषयमा कुरा गरेका छन् । युक्रेनसँग, रुससँग । अहिले पनि रुसका उपविदेशमन्त्रीसँग भेटेरै कुरा गरेका छन् । तपाईँले फिर्ता पठाइदिनुपर्छ भनेका छौँ । मारिएका बारेमा पनि कुरा भएको छ, क्षतिपूर्ति लगायतमा । सरकारले गम्भीर रूपमा लिएन भन्ने कुरा सही होइन । सबैले जनतामा चेतना फैल्याउनुपर्छ । 

जागिर खाने नाममा जहाँ पायो त्यहीँ नेपालको राज्यको नीति विपरीत, संविधानको मर्म विपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधीनताको भावना विपरीत जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैल्याउनुपर्छ । सरकार गम्भीर छ । यसमा सबै लाग्नुपर्छ, सरकारले पठाएको पनि होइन । सरकारले भन्ने बित्तिकै रुसले मानिहाल्ने कुरा पनि छैन ।’प्रधानमन्त्री दाहालले रुस र युक्रेनमा नेपालीहरू सेना भर्तीको विषयलाई सरकारले गम्भीर रूपमा लिइरहेको बताए ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्