राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा नेपालगन्जमा सन्देशमूलक पर्चा वितरण

मंगलबार, माघ २, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्जमा २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सन्देशमूलक पर्चा-पम्लेट वितरण गरिएको छ । “स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं” भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले भाटभटेनी सुपरमार्केट नेपालगन्जमा स्टल राखी भूकम्प प्रतिरोधात्माक सामग्री प्रदर्शन गरेको हो। 

Honor x7 pad

झटपट झोला, प्राथमिक उपचार किट, आपतकालीन टेलिफोन नम्बरहरु लगायत सन्देशमूलक अध्ययन सामग्री प्रदर्शन र वितरण गरिएकोे थियो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा नेपालगन्ज उपमहानगरपालिकामा सन्चालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाको व्यवस्थापनमा कार्यक्रम भएको हो । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको निर्णयानुसार साप्ताहिकरुपमा संचार संस्थाबाट जनहितमा जारी सन्देश प्रशारण, परिसम्बाद कार्यक्रम, ८ वटै स्थानीय तहले भवन निर्माण आचारसंहिता सामूहिक प्रतिबद्धता व्यानर राख्ने र प्रचारप्रसार गर्ने, भूकम्प प्रतिरोधात्माक सामग्री प्रदर्शनी, विद्यालय स्तरमा duck cover and hold को अभ्यास प्रदर्शनी गर्ने निर्णय भएको थियो । 

उक्त कार्यक्रमहरु सम्पन्न गर्नरगराउनका लागि जिल्ला विपद् व्यवस्थापन समिति, संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज, स्थानीय तह, नेपाल रेडक्रस, भेरी वातावरणीय विशिष्टता समूह र संचार संस्थालाई अनुरोध गरिएको छ । उक्त कार्यक्रम गर्दा स्थानीय भाषालाई प्राथमिकता दिने विपद् व्यवस्थापन समितिको निर्णय र साप्ताहिक योजनामा उल्लेख छ ।

भाटभटेनीमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मनिकापुर उपशाखाका सभापति नमराज सापकोटा, युनिसेफ नेपालका नरेश निदाल, नेपाल रेडक्रस सोसाइटी बाँकेका प्रहलाद विश्वकर्मा र शिव सुवेदी, भाटभटेनीका म्यानेजर भक्तबहादुर भुजेल लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्