उपत्यकावासीलाई मेलम्चीको पानी वर्षैभर उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

सोमबार, माघ १, २०८०
honor mob  winter sales

काठमाडौँ ।  उपत्यकावासीलाई मेलम्चीको खानेपानी वर्षभर नै उपलब्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहालले  निर्देशन दिएका छन् । आज सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

Honor x7 pad

उनले मेलम्ची आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि १२ महिना नै सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्देशन दिए । उनले काठमाडौं उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको जिकिर गरे । 

उनले मेलम्चीको पानी पथान्तरण कार्यलाई दिगो बनाउने कार्य छिटै सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्य समेत निश्चित कार्य योजना बनाइ अघि बढाइने प्रतिबद्धता जनाए । प्रधानमन्त्री दाहालले सुन्दरी जलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणाली समेत विकास गरिने बताए । 

उनले केही वर्ष भित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिणामको खानेपानी सेवा चौबिसै घण्टा उपभोक्ता सदस्यहरूको धारामा उपलब्ध गराउने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिए ।

उनले भने, ‘खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी विकास समितिको प्रयासमा यस वर्ष खानेपानी पथान्तरण कार्य सम्पन्न भई पुनः वितरण कार्यमा हामी सरिक भएका छाँै । आयोजनालाई दिगो रूपमा सञ्चालन गर्ने विषय नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको छ। दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्य योजना बनाइ आयोजनाको पुनः निर्माण कार्य कार्यान्वयन गरिनेछ । आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि १२ महिनै सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित अधिकारीलाई निर्देशन गर्दछु । काठमाडौं उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध छ । हाल मेलम्ची खानेपानी आयोजनाको हेर्डवर्कको निर्माण कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्य समेत निश्चित कार्य योजना बनाइ अघि बढाइनेछ । सुन्दरी जलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणाली समेत विकास गरिनेछ । केही वर्ष भित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिणामको खानेपानी सेवा चौबिसै घण्टा उपभोक्ता सदस्यहरूको धारामा उपलब्ध गराउने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायलाई निर्देशित गर्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले मेलम्चीको पानी उपत्यकामा दिगो रूपमा सञ्चालन गर्ने विषय सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्