मेलम्चीको 'पानी खै' भन्दै रित्तो गाग्री लिएर प्रदर्शन

शुक्रबार, पुस २०, २०८०
honor २२ sept

काठमाडौँ । मेलम्ची खानेपानी वितरण नगरेको भन्दै   रित्तो गाग्री  लिएर प्रदर्शन गरिएको छ। 

X7D

उपत्यकाबासीलाई वितरण नगरी पानी हाहाकारको कृतिम अवस्था सृजना गरेको भन्दै आज पुनः काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समिति ललितपुरले पाटन दरबार क्षेत्रमा रित्तो गाग्री लिएर विरोध प्रदशन गरेको छ । 

मेलम्चीको पानी तुरुन्त खोल भन्दै नारा लगाउँदै रित्तो भाँडा लिएर पीडितले विरोध प्रदर्शन गरेका हुन् । मेलम्चीको पानीको आशाले दुःख धेरै दिएको भन्दै उनीहरु आक्रामकसमेत भएका छन्। 

पछिल्लो समय उपत्यकाका विभिन्न क्षेत्रमा मेलम्चीको पानी माग्दै प्रदर्शन भइरहेका छन् । सरकार भने यही राजनीतिलाई मन पराइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्