आज 'तमु ल्होसार’ पर्व मनाइँदै, देशैभर सार्वजनिक बिदा

आइतबार, पुस १५, २०८०
honor mob  winter sales

काठमाडौं । आज 'तमु ल्होसार’ पर्व धुमधामका साथ मनाइँदै छ।गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज आइतबार ‘तमु ल्होसार’ पर्व मनाउँने गर्दछन।

Honor x7 pad

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

तमु ल्होसारलाई गुरूङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरूङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। सरकारले आज देशैभर सार्वजनिक बिदा समेत दिएको छ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्