बालकुमारी घटना:डीएसपी र मन्त्रीका गार्ड निलम्बित, ललितपुरका सिडिओ र एसएसपी तानिए

शनिबार, पुस १४, २०८०
honor mob  winter sales

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार आन्दोलनका क्रममा फिल्डमा खटिएर गोली हान्न आदेश दिने प्रहरी नायब उपरीक्षक (डीएसपी) निलम्बनमा परेका छन् ।

Honor x7 pad

प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफलपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले डीएसपी उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओ (गार्ड ) प्रहरी नायब निरीक्षक भोजराज दनुवारलाई निलम्बन गरेका हुन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र  गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरुको बैठकबाट उनीहरुलाई निलम्बन गर्ने निर्णय गरिएको हो।

त्यस्तै ललितपुरका प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टर  नक्साल र ललितपुरका सिडिओ रूद्रप्रसाद पण्डित गृह मन्त्रालय तानिएका छन्। 

यस्तै इपीएस शाखाका निर्देशक गुरुदत्त सुवेदीको पनि सरकारले सरुवा गर्ने निर्णय गरेको छ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदी ललितपुरका एसएसपी शिद्धिबिक्रम शाह 

सरकारले बालकुमारीमा ज्यान गुमाएका युवकका   पीडित परिवारलाई १०-१० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मारिएका २२ वर्षीय वीरेन्द्र शाह र प्रहरीको कुटपिटबाट।मृत्यु भएका २३ वर्षीय सुजन रावतको शवलाई सरकारले नै उनीहरुको घरसम्म पुर्‍याइदिने निर्णय गरेको छ। 

 

 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्