बालकुमारी घटनाप्रति कांग्रेसद्वारा दुख व्यक्त, छानबिन गर्न सरकारको ध्यानाकर्षण

शुक्रबार, पुस १३, २०८०
honor mob  winter sales

काठमाडौँ ।  ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा  घाइते भएका दुई जनाको मृत्यु पछि सत्तारूढ दल नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको कांग्रेसले सो घटनालाई गम्भीरतापूर्वक लिएकोसमेत जनाएको छ। सो घटनाको छानबिन गर्नु पर्ने कांग्रेसको माग रहेको छ।

Honor x7 pad

‘कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा गम्भीर घाइते भएका दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ’, कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ ।’

घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेसले माग गरेको छ । 

साथै हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन हार्दिक अपीलसमेत गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जनाएका छन् ।

कोरिया पीडित युवाहरूले गरेको प्रदर्शनको क्रममा भौतिक योजना मन्त्री प्रकाश ज्वालाको गाडी जलाएपछि बालकुमारी, ललितपुरमा प्रदर्शन भड्किएको थियो। 

प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा गम्भीर घाइते भएका सुरज राउत र विरेन्द्र शाहको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्