बालकुमारीमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

शुक्रबार, पुस १३, २०८०
honor mob  winter sales

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलित युवाहरुको समूहको ग्वार्को-बालकुमारीमा भइरहेको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ।

Honor x7 pad

अर्का एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते अवस्थामा किस्ट अस्पतालमा लगिएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको छ। । 

अहिले  प्रहरीबीच ढुङ्गा हानाहान भइरहेको छ। प्रहरीले दर्जनौं राउन्ड हवाइ र अश्रुग्यास प्रहार गरेको छ।

प्रहरीको टोली स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको ललितपुर प्रहरीले जनाएको छ। आज बिहानदेखि आन्दोलनरत युवाहरुले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका छन्  आगजनीबाट मन्त्री ज्वाला चढ्ने उक्त गाडी क्षतिग्रत भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आन्दोलनकारीले मन्त्री ज्वाला क्वाटरबाट पार्टी बैठकमा जाँदै गर्दा बालकुमारी आकाशे पुल नजिक आगजनी गरेका हुन् ।

अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यहा भएर गुड्ने सवारीसाधन ठप्प बनेका छन् । प्रहरी र सुरक्षाकर्मीबीच घम्साघम्सी चलिरहेको छ।  मन्त्रीको गाडी आगजनी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्