क्रिकेटर सन्दीप लामिछानेविरुद्दको मुद्दाको सुनुवाइ आज पनि

बिहीबार, पुस १२, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्दको नाबालिक बलात्कार मुद्दाको सुनुवाइ आज पनि हुँदैछ।

Honor x7 pad

बुधबार  जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइले नसकिएपछि अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो ।

गत आइतबार फैसला बहस नसकिएपछि बुधबारका लागि समय तोकिएको थियो । जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात् न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए।

सन्दीपको मुद्दा सात महिनादेखि सर्दै आएको छ।क्रिकेटर सन्दीप लामिछानेविरुद्दको नाबालिक सन्दीपको बलात्कार मुद्दाको छिनोफानो सम्भवत आज नै हुनेछ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्