नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

बुधबार, पुस ११, २०८०
honor २२ sept

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

X7D

अदालतले शाहसहित पूर्व सई दिपेन्द्रप्रसाद पनेरुलाई पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

आज अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्वडीआईजी शाहसहित पनेरुले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको ठहर गरेको हो।

विशेष अदालतले आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले सफाइ दिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ फागुन २० गते पूर्वडीआईजी शाह, पूर्व सई पनेरू, प्रहरी हवल्दार ऐरी र लेखापाल विशुंखेविरूद्ध मुद्दा दायर गरेको थियो। 

उनीहरुलाई ३ वर्षभन्दा माथि कैद सजाय हुने निश्चित जस्तै भएको छ । ३ वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था भएकाले आगामी २५ पुसमा पेशी तोकिएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  २१:४७
प्रतिक्रिया दिनुहोस्