मोरङ कारागारका कैदीको अस्पतालमा मृत्यु,'नम्बर गलत दिएकाले परिवारमा खवर ढिलो पुग्यो':निमित्त जेलर

सोमबार, पुस ९, २०८०
honor mob  winter sales

विराटनगर । मोरङ कारागारमा कैद भुक्तान गरेर सकिने दिनमा एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले कोशी अस्पताल तनावग्रस्त बनाएका छन् ।

Honor x7 pad

लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका-१० का चण्डेश्वर सहनीको कैद भुक्तान अवधी आज सकिंदै गर्दै उपचारका क्रममा कोशी अस्पतालमा  सहनीको बिहान करिब साढे ६ बजे मृत्यु भएको हो ।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई दुई दिनअघि नै अस्पतालमा भर्ना गराएको मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेले जानकारी दिए। उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका आफन्तहरूले भने समयमै जानकारी नदिएको उपचारमा लापरबाही भएको भन्दै अहिले अस्पताल परिसरमा नाराबाजी सुरु गरेका छन्।

सहनीको परिवारलाई उनले अस्पताल जानू अघि दिएकै सम्पर्क नम्बरमा कारागारले जानकारी गराएको भएपनि मृतकले पहिला  नै दिएको नम्बर गलत भएर सम्पर्क हुन नसकेको निमित्त जेलर  न्यौपानेले बताए।

निमित्त जेलर भन्छन्-" सम्पर्क नम्बर गलत हुँदा आफन्तलाई जानकारी दिन ढिलो भएको हो"। सहनीलाई यसअघि पनि केहीदिन अघि यही समस्याकै कारण कारागारले अस्पताल लगेर जाँच गराएर ल्याएको थियो।

मृत्यु हुनु भन्दा अघि सहनी सुरक्षा गार्डसँगै गएको तर अस्पतालमा उनको स्वास्थ्यमा समस्या बल्झेपछि आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो ।  अदालतले फैसला गरेपछि उनी फरार थिए । २०७९ माघ १७ गते पक्राउ परेपछि उनलाई अदालतमा उपस्थिति गराएर कारागार चलान गरेको थियो । 

 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्