बाघको आक्रमणमा सासु-बुहारीको मृत्यु

सोमबार, पुस ९, २०८०
honor mob  winter sales

कावासोती। नवलपुरमा बाघको आक्रमणबाट सासु-बुहारीको मृत्यु भएको छ।

Honor x7 pad

जिल्लाको विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ को खहरे जंगलमा ५९ वर्षीया सासु मनादेवी पौडेल र बुहारी २८ वर्षीया बिष्णु पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो साथीहरुसँग घाँस काट्न गएका उनीहरुको अवेरसम्म पनि घर नफर्केपछि  खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको थियो । 

घटनाका बारेमा प्रहरीले  थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्