आज काठमाडौंका यी स्थानमा हुँदैछ विद्युत् आपूर्ति बन्द

शनिबार, पुस ७, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल विद्युत् प्राधिकणले विद्युतीय तार भूमिगत गर्ने कार्य गर्न लागि काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुँदैछ।

Honor x7 pad

नेपाल विद्युत् प्राधिकणका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु थापाथली फिडर अन्तर्गत पर्ने थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी कार्यालय, दशरथ रंगशाला हुँदै ब्लु क्रस अस्पताल क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि त्यस क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने विद्युत सेवा अवरूद्ध हुनेछ।

त्यस्तै महाराजगञ्ज वितरण केन्द्रको शिवपूरी फिडर अन्तर्गत डाडागाउँ, पासिकोट, भष्मथली,टोखा, पंचेटार, मेगासिटी, ढलमल क्षेत्रमा पनि विद्युतीय तार भूमिगत गर्ने कामका लागि उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा आज बिहान साढे ९ बजेदेखि  दिउँसो २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।

चाँडै काम सकिए निर्धारित समयअगाडि नै विद्युत् सेवा सुरू गरिने प्राधिकरणले जनाएको छ।  

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्