एक यात्रुले पोखराबाट काठमाडौं उड्न लागेको जहाजको ढोका खोलेपछि ...

बिहीबार, पुस ५, २०८०
honor mob  winter sales

काठमाडौं । बुद्ध एयरको पोखराबाट काठमाडौंका लागि उड्न लागेको जहाजका यात्रुले आकस्मिक ढोका खोलेपछि उडान प्रभावित भएको छ ।

Honor x7 pad

आज बिहान ९:४०  बजे पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको उडान नं. ६५२ को जहाज ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा आकस्मिक ढोका यात्रुले खोलेपछि उडान प्रभावित बनेको बुद्ध एयरले जनाएको छ।

के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जानकारी दिएको छ।

अहिल्यै आकस्मिक ढोका खोलेको जहाज बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को जहाजमा ल्याउन लागेको पनि बुद्ध एयरले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्