सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके ।आन्तरिक पर्यटनमा पार्कले महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । पर्यटनलाई बढवा दिने गरी निर्माण गरिएका ति पार्कहरुमा आन्तरिक पर्यटकको चाप पनि उस्तै देखिन्छ ।
भीडभाड र दैनिक कामको चापबाट छुटकारा पाउन र तनावमुक्त हुन मान्छेहरुले पछिल्लो समय पार्क खोज्दै हिँड्छन् । पार्कहरु आर्यआर्जन र रोजगारीको माध्यम पनि बनेका छन् । पछिल्लो समय पर्यटन विकासलाई प्राथमिकता दिएको राप्तीसोनारीले पनि वडा नम्बर ३ बैँसामा थारु सांस्कृतिक ग्राम पूर्वाधार निर्माणअन्तर्गत पार्कको निर्माण कार्य सुरु गरेको छ ।
नेपाल सरकारको विशेष अनुदानमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आइतबार एक कार्यक्रमका बीच शिलन्यास गरेका हुन् । यसको पर्यटन डिभिजन कार्यालय कोहलपुरले ठेक्का लगाएको थियो । कुल रकम एक करोड २५ लाख रुपैयाँमा आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी ९० लाख १८ हजार नौ सय ४२ रूपैयाँ २३ पैसा ओसियन कन्टङक्सन कोहलपुरले पार्कको निर्माण कार्य सुरु गरेको हो ।
निर्माण सम्पन्नपछि यसले यहाँका पर्यटनमा महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । गाउँपालिकाका अध्यक्ष पौडेलले धार्मिक, कृषि र पूर्वाधार पर्यटनमा जोड दिएको बताए । सोहीअनुसार पालिकामा पार्क, मठ मन्दिर निर्माण भइरहेको भन्दै उनले भने, ‘यहाँको आर्थिक स्थिति उकास्नलाई भए पनि पर्यटनमा लगानी गर्नुपर्ने छ ।’ यहाँ पर्यटकीय प्रचूर सम्भावना हुँदाहुँदै पनि सिर्जित फोहोर र भएका संरचनाहरुको संरक्षण र सौन्दर्यीकरण गर्न नसक्दा पर्यटक पुग्न नसेको उनी बताउँछन् । ‘वर्षाैंदेखि पर्यटन पूर्वाधार छन् । तर, फोहोर व्यवस्थापन नहुँदा आकर्षक छैनन्,’ उनले भने, ‘हामीले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा ति फोहोरलाई गिज्याइ रहेका छन् । वातावरणीय सौन्दर्यता खस्किँदै गएको छ ।’ हाम्रो सबै गतिविधि वातावरणीय सौन्दर्यतालाई ख्याल गर्ने गरी हुनुपर्ने भन्दै उनी भन्छन्, ‘राप्तीसोनारीमा पर्यटकीय गतिविधि सम्भव छन्। सबै हातेमालो गरी अगाडि बढौं ।’
राप्तीसोनारीमा भूवर भवानी, बर्फानीलगायतका पर्यटकीय क्षेत्र हुँदा हुँदै पनि यहाँका बासिन्दा बाहिर जानुपर्ने बाध्यता भएको उनी बताउँछन् । ‘हाम्रा घरै अगाडि पर्यटकीय क्षेत्र छन् । हामी चिसापानी, गाभारलगायतका क्षेत्रमा मनोरञ्जनका लागि पुग्छौं,’ उनले भने, ‘जसले गर्दा हाम्रो पैसा अन्यत्रै गएको छ । हाम्रो त्यो पैसा यही राख्ने र अन्य पर्यटकलाई भिœयाएर आम्दानी लिने योजना पालिकाले निर्माण गर्दैछ ।’ जसका लागि सिक्टा सिँचाइ आयोजनाको बाँधस्थलमा बोटिङ निर्माणका लागि आईई निर्माण गरिने उनी बताउँछन् । राप्तीसोनारीमा पर्यटकीय गतिविधि बढ्दो यहाँको आयस्रोत मात्र होइन क्षमता अभिवृद्धिसमेत हुने उनको भनाइ छ ।
वडा नम्बर ३ का वडाध्यक्ष मिनकुमार चौधरीले यस पार्कले यहाँ पर्यटनमैत्री वातावरण बनाउन मद्दत पुग्ने बताए । पर्यटकको संख्या बढ्दै जाँदा रोजगारीका अवसर सिर्जना हुने उनको भनाइ छ। उक्त पार्कमा कोसेली घर, दुईवटा झुला, लव साइन, ग्रीन बेल्ट, ब्यायम पार्क, गेट निर्माण र वृक्षारोपण गरिने छ । त्यस्तै सोही रकमबाट भूवरभवानी मन्दिरमा मञ्च र चेन्जिङ रुम निर्माण गरिने गाउँपालिकाले जनाएको छ । यसका साथै निर्माणाधीन मन्दिरहरुको कामलाई पनि सम्पन्न गर्ने बताइएको छ ।
स्वच्छ, सफा र सुन्दर सहरका लागि सहरी पार्कको योगदान निकै महत्वपूर्ण हुन्छ । पार्कअर्थात् उद्यानको महŒव बहुआयामिक हुन्छ । पार्कभित्रका रुख बिरुवासहितको हरियाली र शुद्ध वातावरणसँगको सामीप्यले मनलाई शान्त राख्न सहयोग पु¥याउँछ । त्यहाँको खुला स्थानमा हल्का व्यायाम र पैदल हिँडाइले शारीरिक स्वस्थतामा पनि वृद्धि गराउँछ । जसले पार्कको आवश्यकतालाई अझ बढाएको देखिन्छ । खास गरी ज्येष्ठ नागरिकका लागि विश्राम स्थलका रूपमा पनि पार्कको महŒव हुने गर्दछ । यहाँ आफ्ना सहपाठीसँग अनुभव र दुःखसुखका कुराकानी गरी मनलाई शान्त र हल्का बनाउन सकिन्छ । फुर्सदको समयमा पार्कभित्रको हरियाली वातावरणले मनलाई आनन्द दिन्छ । पार्कभित्रको बसाइले छिमेकी र आफन्तबीच सामीप्य बढाउन, सामाजिक विषयमा छलफल गरी विचार आदानप्रदान गर्न अवसर मिल्दछ । यसले सामाजिक सामीप्यमा वृद्धि गराउन सहयोग पु¥याउँछ ।
घुमफिर गर्नु, रमाउनु र बुझ्न खोज्नु मानवीय प्रवृत्ति हो । फरक प्राकृतिक वनावट, भूदृश्य, खोला नदी, तालतलैया, जीवजन्तु, वनस्पति अनि मानव निर्मित फरक संरचनाले मानिसहरुलाई आकर्षित गर्ने गर्दछ । मानिसहरु रमाइलोको लागि मात्र नभएर अध्ययन अनुसन्धानको लागि समेत घुमफिर गर्ने गर्छन् । मानिसहरुका रुचीअनुसार विश्वमा घुमेर हेर्न सकिने सम्पदाहरु लाखौँ छन् । मानिसहरुले चाहेर पनि त्यस्ता सम्पदासम्म पुग्न सक्दैनन् । टाढाटाढा पुग्न नसक्ने मानिसहरुलाई सहर÷बस्तीको नजिक नै घुमफिर गर्नका लागि निश्चित क्षेत्रलाई व्यवस्थित गरिएको हुन्छ । यस्ता व्यवस्थित स्थान नै पार्क हुन् । पार्क÷उद्यानको इतिहास मानव सभ्यता जत्तिकै पुरानो छ । हिन्दू पुराण÷उपनिषदमा उल्लेखित स्वर्गको उद्यान, रामायणमा उल्लेखित रावणको बगैँचा, महाभारतमा उल्लेखित हस्तिनापुरको उद्यान, बौद्ध ग्रन्थहरुमा उल्लेखित लुम्बिनी उद्यानले मानिसहरुले हजारौँ वर्ष पहिलेदेखि नै पार्क÷उद्यानको निर्माण र उपयोग गर्दै आएको प्रष्ट हुन्छ ।