राष्ट्रिय अनुसन्धान विभागका अधिकृत कल्भर्ट मुनि मृत भेटिए

बुधबार, साउन १०, २०८०
honor mob  winter sales

सर्लाही । मधेश प्रदेशमा राष्ट्रिय अनुसन्धान विभागका एक जना अनुसन्धान अधिकृत मृत फेला परेका छन् ।

Honor x7 pad

सर्लाहीस्थित ईश्वरपुर–६, बयलवास बजारका २९ वर्षीय बसन्त साह  ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा मृत अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ।

अधिकृत  साह  ईश्वरपुरस्थित फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  उनको बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा सोही स्थानमा फेला परेको छ।

मंगलबार साँझ ड्युटी सकेर घर फर्किइरहेका साहले परिवारलाई फोन गरेर आफू  राति १० बजेतिर घर फर्किने बताएपनि घर नफर्कीएपछी उनको खोजीकार्य गर्दा आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटना हेर्दा दुर्घटना जस्तो देखिएपनि अझै केही भन्न नसकिने प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्