विश्वकप २०२६ को तेस्रो स्थानको उपाधि इङ्ल्याण्डलाई,फ्रान्स ६-४ गोलले पराजित

आइतबार, साउन ३, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा इङ्ल्याण्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।

गोलले भरिएको खेलमा इङ्ल्याण्डका लागि डेक्लान राइसले तेस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि एज्री कोन्साले १८औँ मिनेटमा अर्को गोल थपे। बुकायो साकाले ३७औँ, पहिलो हाफको इन्जुरी समयमा (४५+१) र ८७औँ मिनेटमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरे। खेलको अन्तिम इन्जुरी समयमा जुड बेलिङ्घमले अर्को गोल थप्दै इङ्ल्याण्डको जित सुनिश्चित गरे।

फ्रान्सका लागि कप्तान किलियन एम्बाप्पेले ४८औँ र ६६औँ मिनेटमा दुई गोल गरे भने ब्राड्ली बारकोलाले ५४औँ मिनेटमा तथा उस्मान डेम्बेलेले इन्जुरी समय (९०+६) मा एक गोल फर्काए। तर ती गोलहरू हार टार्न पर्याप्त भएनन्।

यससँगै इङ्ल्याण्डले विश्वकपको तेस्रो स्थान आफ्नो नाम बनाएको छ भने फ्रान्स चौथो स्थानमा सीमित भएको छ।

अब विश्वकप २०२६ को उपाधिका लागि अर्जेन्टिना र स्पेनबीच फाइनल प्रतिस्पर्धा हुनेछ। दुवै टोली पहिलो पटक २०२६ संस्करणको विश्वविजेता बन्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  ०७:४६
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह