सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डालासमा बुधबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधिनजिकको यात्रा तय गरेको हो।
सन् २०१० को विश्वकप विजेता स्पेनले खेलभर उत्कृष्ट प्रदर्शन गर्दै साविक उपविजेता फ्रान्सलाई दबाबमा राख्यो। स्पेनले पहिलो हाफमा एक तथा दोस्रो हाफमा थप एक गोल गर्दै सहज जित निकाल्यो।
स्पेनका लागि खेलको २२औँ मिनेटमा मिकेल ओयार्जाबालले पेनाल्टीमार्फत पहिलो गोल गरे। फ्रान्सका लुकास डिग्नेले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि प्राप्त अवसरलाई ओयार्जाबालले सदुपयोग गरेका थिए।
त्यसपछि ५८औँ मिनेटमा डानि ओल्मोको पासमा पेड्रो पोर्रोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए।
फ्रान्सका कप्तान केलियन एम्बाप्पेमाथि टोलीलाई पुनरागमन गराउने ठूलो अपेक्षा रहे पनि उनी स्पेनका गोलरक्षक उनाइ सिमोनलाई छल्न सकेनन्। एम्बाप्पेका सबै प्रहार सिमोनले विफल पारे। जारी विश्वकपमा ८ गोल गरिसकेका एम्बाप्पे यस खेलमा भने गोल गर्न असफल भए। मोरक्कोविरुद्धको क्वार्टरफाइनलमा घुँडामा सामान्य चोट बोकेका उनी खेल्नेरनखेल्नेमा शंका रहे पनि अन्ततः मैदान उत्रिएका थिए।
स्पेनले अब विश्वकप उपाधिका लागि फाइनलमा अर्को सेमिफाइनलको अर्जेन्टिना र इंल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।