सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टरले १०औँ मिनेटमा पहिलो गोल गरेका थिए। त्यसपछि स्विट्जरल्यान्डका ड्यान एनडोयेले ६७औँ मिनेटमा बराबरी गोल फर्काए।
७२औँ मिनेटमा स्विट्जरल्यान्डका ब्रिल एम्बोलो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भयो। अतिरिक्त समयमा जुलियन अल्भारेजले ११२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने लाउटारो मार्टिनेजले इन्जुरी समय (१२०ं+१)मा अर्को गोल थप्दै ३–१ को जित सुनिश्चित गरे।
यससँगै अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।
यसअघि आज बिहान सम्पन्न पहिलो क्वार्टरफाइनलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो। नर्वेका लागि एन्ड्रियास स्केल्डेरुपले ३६औँ मिनेटमा गोल गरेका थिए भने इंग्ल्यान्डका जुड बेलिङ्घमले पहिलो हाफको इन्जुरी समय (४५ं+२) र अतिरिक्त समयको ९३औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई जित दिलाएका थिए।
यसअघि नै स्पेन र फ्रान्स पनि सेमिफाइनलमा पुगिसकेका छन्। अब पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स तथा दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने हुनेछन्।