सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । १६ वर्षपछि स्पेन विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न क्वार्टरफाइनलमा बेल्जियमलाई पराजित गर्दै स्पेन अन्तिम चारमा प्रवेश गरेको हो । सन् २०१० को विश्वकप विजेता स्पेन त्यसपछिका ३ विश्वकपमध्ये २०१४ मा लिग चरण र २०१८ र ३०२२ मा अन्तिम १६ बाट बाहिरिएको थियो।
अमेरिकाको लस एन्जलस स्टेडियममा भएको खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल गरे ।
खेलको ३०औँ मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाए । खेलको ४१औँ मिनेटमा बेल्जियमका खेलाडी चार्लस डे केटलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याए ।
८८ औँ मिनेटमा स्पेनका मेरिनोले गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याए ।
स्पेनले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।