सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ का आज बिहानका खेलमा स्पेन र बेल्जियमले जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। यससँगै पोर्चुगल र अमेरिका प्रतियोगिताबाट बाहिरिएका छन्।
स्पेनले निकै प्रतिस्पर्धात्मक खेलमा पोर्चुगललाई १–० ले पराजित गर्यो। खेल अतिरिक्त समयतर्फ धकेलिने अवस्थामा रहेका बेला इन्जुरी समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई अन्तिम आठमा पुर्याए। मेरिनोले ९०ं+१ मिनेटमा गरेको गोल नै खेलको नतिजा बन्यो। यस हारसँगै पोर्चुगलको विश्वकप यात्रा टुंगिएको छ।
अर्को खेलमा बेल्जियमले अमेरिकामाथि ४–१ को फराकिलो जित निकाल्दै आफ्नो दबाबपूर्ण प्रदर्शन देखायो। चार्ल्स डे केटेलारेले ९ र ३३औँ मिनेटमा दुई गोल गरे भने हान्स भानाकेनले ५७औँ मिनेटमा अर्को गोल थपे। इन्जुरी समयमा रोमेलु लुकाकुले चौथो गोल गरे।
अमेरिकाका लागि मलिक टिलम्यानले सबैभन्दा पहिला ३१औँ मिनेटमा एक गोल गरेपनि त्यो सान्त्वनामै सीमित रह्यो। अब क्वार्टरफाइनलमा स्पेन र बेल्जियमबीच रोमाञ्चक भिडन्त हुनेछ।