सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ १६ मा इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ।
मेक्सिको सिटीमा भएको प्रतिस्पर्धात्मक खेलमा इंग्ल्यान्डले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। ज्यूड बेलिङ्घमले ३६औँ र ३८औँ मिनेटमा लगातार गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। तर ४२औँ मिनेटमा जुलियन किन्योनेसले गोल गर्दै मेक्सिकोलाई खेलमा फर्काउने संकेत दिएका थिए।
दोस्रो हाफको ५४औँ मिनेटमा इंग्ल्यान्डका जारेल क्वान्साहले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। खेलाडी सङ्ख्यामा पछाडि परे पनि इंग्ल्यान्डले ६०औँ मिनेटमा ह्यारी केनको पेनाल्टी गोलमार्फत अग्रता ३–१ बनायो।
मेक्सिकोले ६९औँ मिनेटमा राउल जिमेनेजको पेनाल्टी गोलबाट अन्तर घटाएर ३–२ बनाए पनि त्यसपछि बराबरी गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
संघर्षपूर्ण जितसँगै इंग्ल्यान्डले अन्तिम आठमा स्थान बनाएको छ। अब क्वाटरफाइनलमा इंग्ल्यान्डले नर्वेसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।