सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । अर्जेन्टिना विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम ३२ को खेलमा नवप्रवेशी केप भर्डेमाथि ३–२ को संघर्षपूर्ण जित हासिल गर्दै अर्जेन्टिना अन्तिम १६ मा पुगेको हो ।
निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भयो । खेलको २९ औँ मिनेटमा स्टार खेलाडी लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले लिसान्द्रो मार्टिनेजको पासमा सुन्दर गोल गरेका हुन् ।
योसँगै मेस्सीले जारी विश्वकपमा गोल संख्या ७ पुर्याए । उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले छैटौँ सहभागितामा ३० खेलबाट २० गोल गरिसकेका छन् ।
केप भर्डेले खेलको ५९ औँ मिनेटमा डेरोए डवार्र्टेको गोलमा १–१ को बराबरी गर्यो । त्यसपछि निर्धारित ९० मिनेटसम्म कुनै गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो ।खेलको ९३ औँ मिनेटमा अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ ले अग्रता दिलाए । खेलको १०३ मिनेटमा केप भर्डेका सिड्नी काब्रालले गोल गर्दै २–२ को बराबरीमा ल्याए । खेलको १११ औँ मिनेटमा केप भर्डेका डिने बोर्गेजको आत्मघाती गोलमा अर्जेन्टिना ३–२ ले अगाडि भयो । योसँगै अर्जेन्टिना अन्तिम १६ मा पुगेको छ भने केप भर्डेले यादगार खेल खेलेको छ ।
खेलमा मेस्सीले गोल गर्ने थुप्रै अवसर गुमाए । उनका उत्कृष्ट प्रहारलाई केप भर्डेका गोलकिपर जोसिमार डियाज वोजिन्हाले उत्कृष्ट बचाउ गरे ।
केप भर्डेले पहिलो पटक विश्वकप खेलेको हो । सनसनी मच्याउने क्रममा केप भर्डे पहिलो सहभागितामै नकआउटमा पुगेको हो ।
केप भर्डे समूह चरणमा अपराजित रह्यो । केप भर्डेले स्पेनसँग गोलरहित बराबरी, उरुग्वेसँग २–२ को बराबरी तथा साउदी अरेबियासँग गोलरहित बराबरी खेलेको थियो।
त्यसैगरि गएराति भएको खेलमा अष्ट्रेलिया इजिप्टसँग पेनाल्टी शुटआउटमा पराजित भएको छ। निर्धारित समयको खेलमा १-१ गोलको बराबरीपछिको अतिरिक्त समयमा पनि दुबै टोलीबाट कुनै गोल नभएपछि पेनाल्टी शुट आउट भएको थियो।
जसमा इजिप्टले अष्ट्रेलियालाई ४-२ गोलले पराजित गर्दै अन्तिम १६ मा पुगेको हो।