सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । मोरक्को विश्वकप फुटबल २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम ३२ को खेलमा उपाधि दावेदार नेदरल्याण्ड्सलाई पराजित गर्दै मोरक्को प्रिक्वार्टरफाइनलमा पुगेको हो ।
मोरक्को पेनाल्टी सुटआउटमा ३–२ ले विजयी भयो ।यसअघि निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी तथा त्यसपछि थपिएको ३० मिनेटमा दुवैतर्फ गोल नभएपछि पेनाल्टी सुटआउटमा निर्णय भएको हो।
निर्धारित ९० मिनेटको इन्जुरी समयको पहिलो मिनेटमा मोरक्कोका इसा डिओपले चेम्सडाइन टाल्बीको क्रस पासमा हेड गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका थिए ।
यसअघि नेदरल्याण्ड्सका लागि खेलको ७२ औँ मिनेटमा कोडि गाक्पोले गोल गरेका । कोडिले क्रिसेन्सिओ समरभिल्लेको पासमा गोल गरेका थिए ।
१२० मिनेटको खेलमा मोरक्को हावी रह्यो । मोरक्कोले ७० प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको थियो ।
मोरक्कोले गोलका लागि पाँच ओटा प्रहार गरेकामा गोलकिपरले विफल पारेका थिए । नेदरल्याण्ड्सको भने एक प्रहार मात्र गोलकिपरले रोक्न पाएका थिए ।
अहिलेसम्म मोरक्को, सहआयोजक क्यानाडा, ब्रजिल र पाराग्वे प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो। ब्रजिलले जापानलाई २–१ ले हरायो । पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो ।