स्पेन समूह विजेता, केप भर्डेले रच्यो इतिहास

शनिबार, असार १३, २०८३
Honor 600 pro

काठमाडौं । समूह एचको खेलमा स्पेनले उरुग्वेमाथि १–० को जित निकाल्दै समूह एचको विजेताका रूपमा २०२६ फिफा विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा स्थान सुरक्षित गरेको छ।

समूह चरणका तीनवटै खेल बराबरी खेलेको केप भर्डेले ३ अंकका साथ समूह उपविजेता बन्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

उता, समान २–२ अंक जोडेका उरुग्वे र साउदी अरेबिया भने समूह चरणबाटै बाहिरिएका छन्।

यस्तै समूह आईको खेलमा फ्रान्सले आज बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ ले हरायो । 

खेलमा फ्रान्सलाई जिताउने क्रममा ओस्माने डेम्बेलेले ह्याट्रिक गरे । ओस्मानले खेलको सातौँ, बीसौँ र ३२ औँ मिनेटमा गोल गर्दै मध्यान्तरअघि नै ह्याट्रिक पूरा गरेका थिए । 

फ्रान्सलाई चौथो गोल इन्जुरी समयमा डिजायर डोएले गरे । नर्वेका लागि २१ औँ मिनेटमा थिओ आस्गार्डले सान्त्वना गोल गरेका थिए ।  यो जितसँगै फ्रान्सले शतप्रतिशत नतिजासहित समूह आईको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने नर्वे ६ अंकसहित उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको छ । 

अंकविहीन इराक र ३ अंकको सेनेगल बाहिरिएका छन्। अन्तिम खेलमा सेनेगलले इराकलाई ५–० ले हराएको थियो । 

 

 

 

 

प्रकाशित मिति: शनिबार, असार १३, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्