विश्वकप २०२६: हालसम्म को-को पुगे नकआउट चरणमा?

शुक्रबार, असार १२, २०८३
Honor 600 pro

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम चरणमा पुगेसँगै हालसम्म १६ टोलीले राउन्ड अफ ३२ (नकआउट चरण) मा स्थान सुरक्षित गरेका छन्।

शीर्ष दुई स्थानमा रहने टोलीसँगै उत्कृष्ट आठ तेस्रो स्थानमा रहने टोलीलाई पनि नकआउट चरणमा प्रवेश गर्ने व्यवस्थाअनुसार बोस्निया तथा हर्जेगोभिना उत्कृष्ट तेस्रो टोलीका रूपमा अन्तिम ३२ मा पुगेको छ।

हालसम्म नकआउट चरणमा स्थान बनाउने टोलीहरूमा मेक्सिको, दक्षिण अफ्रिका, स्विट्जरल्यान्ड, क्यानडा, ब्राजिल, मोरक्को, संयुक्त राज्य अमेरिका, जर्मनी, नेदरल्यान्ड्स, जापान, फ्रान्स, नर्वे, अर्जेन्टिना, अल्जेरिया र बोस्निया हर्जेगोभिना  तथा अष्ट्रेलिया रहेका छन्।

यसमध्ये केही टोलीले समूह विजेताका रूपमा र केहीले उपविजेताका रूपमा स्थान सुरक्षित गरेका छन् भने बोस्निया तथा हर्जेगोभिना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो।

४८ टोली सहभागी यस संस्करणमा प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट आठ तेस्रो स्थानमा रहने टोलीले राउन्ड अफ ३२ मा स्थान बनाउने व्यवस्था रहेकाले बाँकी स्थानका लागि समूह चरणका अन्तिम खेलहरू निर्णायक बन्नेछन्।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  ०९:२६
प्रतिक्रिया दिनुहोस्