फिफा विश्वकप २०२६: मेक्सिको र दक्षिण अफ्रिकाको जितसँगै नकआउट चरणमा

बिहीबार, असार ११, २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ का खेलहरूमा मेक्सिको र दक्षिण अफ्रिका विजयी भएका छन्।

आज बिहान सम्पन्न खेलमा मेक्सिकोले चेकियालाई ३–० गोलले पराजित गर्यो। मेक्सिकोको जितमा मिगुएल चाभेजले ५५औँ मिनेटमा पहिलो गोल गरे भने जुलियन क्विनोनेसले ६१औँ मिनेटमा अग्रता दोब्बर बनाए। खेलको अतिरिक्त समयको चौथो मिनेटमा आल्भारो फिडाल्गोले गोल थप्दै मेक्सिकोको शानदार जित सुनिश्चित गरे।

यस्तै, अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० गोलले हरायो। दक्षिण अफ्रिकाका लागि थाबाङ मासेकोले ६३औँ मिनेटमा निर्णायक गोल गरे।

यी दुवै खेल समूह ‘ए’ अन्तर्गत भएका हुन्। समूह ‘ए’ मा मेक्सिको र दक्षिण अफ्रिका दोस्रो चरणमा प्रवेश गरेका हुन।

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  ०८:५८
प्रतिक्रिया दिनुहोस्