विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता बन्दै नकआउट चरणमा

बिहीबार, असार ११, २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

आज बिहान सम्पन्न खेलमा ब्राजिलका लागि भिनिसियस जुनियरले ७औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले पहिलो हाफको अतिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरे। माटेउस कुन्हाले ६०औँ मिनेटमा अर्को गोल थप्दै ब्राजिलको सहज जित सुनिश्चित गरे।

तीन खेलमा दुई जित र एक बराबरीसहित ७ अंक जोडेको ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा पुगेको छ। प्रतियोगिताको उपाधि दाबेदार मानिएको ब्राजिलले समूह चरणभर उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो बलियो उपस्थिति देखाएको छ।

यस्तै, अर्को खेलमा मोरक्कोले हैटीलाई ४–२ गोलले पराजित गर्दै नकआउट चरणको यात्रा तय गरेको छ। मोरक्कोका लागि अचरफ हाकिमी, इस्माइल साइबारी, सौफियान रहिमी र यासिने गोलकर्ताका रूपमा रहे। हैटीका लागि एक गोल मोरक्कोका गोलरक्षक यासिन बोनोको आत्मघाती गोलबाट तथा अर्को विल्सन इसिडोरले गरेका थिए।

 

 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  ०७:१८
प्रतिक्रिया दिनुहोस्