समूह ‘के’: पोर्चुगलको उज्बेकिस्तानमाथि शानदार जित,इङ्ग्ल्यान्ड र घानाको गोलरहित बराबरी

बुधबार, असार १०, २०८३
Honor 600 pro

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत गएराति सम्पन्न समूह ‘के’ को खेलमा पोर्चुगलले उज्बेकिस्तान माथि ५–० को फराकिलो जित दर्ता गरेको छ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले ६औँ र ३९औँ मिनेटमा दुई गोल गरे। नुनो मेन्डेसले १७औँ मिनेटमा गोल थप्दा उज्बेकिस्तानका ए। नेमाटोभबाट ६०औँ मिनेटमा आत्मघाती गोल भयो। खेलको ८७औँ मिनेटमा राफाएल लेआँओले गोल गर्दै पोर्चुगललाई ५–० को प्रभावशाली जित दिलाए।

यस जितसँगै पोर्चुगलले समूह ‘के’ मा नकआउट चरण प्रवेशको सम्भावना थप बलियो बनाएको छ भने उज्बेकिस्तान दबाबमा परेको छ।

समूह ‘एल’ मा इङ्ग्ल्यान्ड र घाना गोलरहित बराबरी

फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान सम्पन्न समूह ‘एल’ को खेलमा इङ्ग्ल्यान्ड र घानाले ०–० को गोलरहित बराबरी खेलेका छन्।

दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि निर्धारित ९० मिनेटमा कुनै पनि टोलीले जाली चुमाउन सकेन। बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।

समूह ‘एल’ मा इङ्ग्ल्यान्ड, घाना, क्रोएसिया र पानामा रहेका छन्। इङ्ग्ल्यान्ड र घानाबीचको यो नतिजाले समूहको प्रतिस्पर्धा थप रोचक बनेको छ।

 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  ०६:१६
प्रतिक्रिया दिनुहोस्