समूह ‘जे’ : अल्जेरियाको शानदार पुनरागमन जित, जोर्डन विश्वकपबाट बाहिरियो

मंगलबार, असार ९, २०८३
Honor 600 pro

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अल्जेरियाले जोर्डनलाई २–१ ले पराजित गरेको छ। सोमबार राति भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा जोर्डन हार बेहोर्न बाध्य भयो। 

जोर्डनका लागि निजार अल(राशदानले ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा अल्जेरियाले उत्कृष्ट पुनरागमन गर्‍यो। ६९औँ मिनेटमा नाधिर बेनबोउलीले बराबरी गोल गरे भने ८२औँ मिनेटमा अमिन गुइरीले निर्णायक गोल गर्दै अल्जेरियालाई महत्वपूर्ण जित दिलाए। 

यो जितसँगै अल्जेरियाले नकआउट चरण प्रवेशको आशा जीवित राखेको छ भने लगातार दोस्रो हार बेहोरेको जोर्डन समूह चरणबाटै बाहिरिएको छ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  ११:२४
प्रतिक्रिया दिनुहोस्