विश्वकप २०२६: अर्जेन्टिना, फ्रान्स र नर्वे नकआउट चरणमा

मंगलबार, असार ९, २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलमा अर्जेन्टिना, फ्रान्स र नर्वे विजयी हुँदै नकआउट चरणमा प्रवेश गरेका छन्।

समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० ले पराजित गर्यो। अर्जेन्टिनाको जितमा लियोनेल मेस्सीले ३८औँ मिनेट र इन्जुरी समयको पाँचौँ मिनेटमा गोल गरे।

समूह ‘आई’ को खेलमा नर्वेले सेनेगललाई ३–२ ले हरायो। नर्वेका लागि एम।एच। पेडर्सेनले एक तथा एर्लिङ हालान्डले दुई गोल गरे। सेनेगलका इस्माइला सारले दुई गोल फर्काए पनि टोलीलाई हारबाट बचाउन सकेनन्।

सोही समूहको अर्को खेलमा फ्रान्सले इराकलाई ३–० ले पराजित गर्यो। फ्रान्सका लागि किलियन एम्बाप्पेले दुई तथा उस्माने डेम्बेलेले एक गोल गरे। दोस्रो चरणको खेल सकिँदा अर्जेन्टिना, फ्रान्स र नर्वेले लगातार दोस्रो जित निकाल्दै एक खेलअगावै नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  ०८:०१
प्रतिक्रिया दिनुहोस्