विश्वकप २०२६ : इजिप्टको शानदार पुनरागमन, न्युजिल्यान्ड पराजित

सोमबार, असार ८, २०८३
Honor 600 pro

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ ले पराजित गरेको छ।

खेलको १५औँ मिनेटमा एफ. सुर्मानले गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्‍यो। ५८औँ मिनेटमा एम. जिकोले बराबरी गोल गरे भने ६७औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए।

८२औँ मिनेटमा ट्रेजेगेटले अर्को गोल थपेपछि इजिप्ट ३–१ को जित निकाल्न सफल भयो। यस जितसँगै इजिप्टले समूह ‘जी’ मा महत्वपूर्ण तीन अंक जोडेको छ भने न्युजिल्यान्ड पराजित भएको छ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  ०८:५४
प्रतिक्रिया दिनुहोस्