सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उरुग्वे र केप भर्डे ले २–२ को रोमाञ्चक बराबरी खेलेका छन्।
आज बिहान सम्पन्न खेलमा उरुग्वेका लागि म्याक्सिमिलियानो अराउजोले ४४औँ मिनेटमा र अगस्टिन कानोब्बियोले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका थिए। केप भर्डेका लागि केभिन पिनाले २१औँ मिनेटमा तथा हेलियो भारेलाले ६१औँ मिनेटमा गोल गर्दै टोलीलाई बराबरी दिलाए।
समूह ‘एच’ कै अर्को खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० को सानदार जित दर्ता गर्यो। स्पेनको जितमा लामिन यामालले १०औँ मिनेटमा गोल गरे भने मिकेल ओयार्जाबालले २१औँ र २४औँ मिनेटमा दुई गोल थपे। साउदी अरेबियाका हसन ताम्बाक्तीबाट ४९औँ मिनेटमा आत्मघाती गोल भएपछि स्पेनको जित अझ फराकिलो बन्यो।
यस्तै, समूह ‘जी’ को खेलमा बेल्जियम र इरान गोलरहित बराबरीमा रोकिए। खेलको ६७औँ मिनेटमा बेल्जियमका नाथन एन्गोय रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बेल्जियम १० खेलाडीमा सीमित भएको थियो।