विश्वकप: नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ ले हरायो, जर्मनी विजयी हुँदै समूह ‘ई’ बाट अर्को चरणमा पुग्ने पहिलो राष्ट्र

आइतबार, असार ७, २०८३
Honor 600 pro

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत गएराति सम्पन्न समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्स ले स्विडेन माथि ५–१ को प्रभावशाली जित दर्ता गरेको छ।

नेदरल्यान्ड्सको जितमा ब्रायन ब्रोबेले ५औँ र १७औँ मिनेटमा दुई गोल गरे। कोडी गाक्पोले ४७औँ र ५४औँ मिनेटमा गोल थप्दा क्रेसेन्सियो समरभिलले ८९औँ मिनेटमा अर्को गोल गरे। स्विडेनका लागि एन्थोनी एलाङ्गाले ५९औँ मिनेटमा सान्त्वना गोल फर्काए।

यस्तै, आज बिहान सम्पन्न समूह ‘ई’ को खेलमा जर्मनी ले आइभरी कोस्ट लाई २–१ ले पराजित गरेको छ। आइभरी कोस्टका फ्रान्क केसीले ३०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा डेनिज उन्डाभ चम्किए। उनले ६८औँ र इन्जुरी समयको ९०ं४औँ मिनेटमा गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जित दिलाए। यो जितबाट जर्मनी अर्को चरणमा पुगेको हो। पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७-१ गोलले पराजित गरेको थियो।

समूह ‘ई’ कै अर्को खेलमा इक्वेडर र कुरासाओ बीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा सकिएको छ। दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भए।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  ०८:०८
प्रतिक्रिया दिनुहोस्