विश्वकप: समूह ‘डी’ मा पाराग्वेको सनसनीपूर्ण जित, टर्की विश्वकपबाट बाहिरियो

शनिबार, असार ६, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा पाराग्वेले टर्कीलाई १–० ले पराजित गर्दै नकआउट सम्भावना जीवित राखेको छ भने टर्की प्रतियोगिताबाट बाहिरिएको छ।

खेलको दोस्रो मिनेटमै मातियास गालार्जाले गरेको गोल नै पाराग्वेको जितका लागि निर्णायक बन्यो।  पहिलो हाफको इन्जुरी समयमा पाराग्वेका मिगुएल अल्मिरोनले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। नयाँ नियम उल्लंघन गरेको भन्दै उनलाई सोझै मैदानबाट बाहिर पठाइएको थियो। 

दोस्रो हाफभर एक खेलाडी बढी भएर खेले पनि टर्कीले गोल गर्न सकेन। बल नियन्त्रण र अवसरमा हावी भए पनि टर्की पाराग्वेको मजबुत रक्षापंक्ति तोड्न असफल रह्यो। 

यो नतिजापछि समूह ‘डी’ मा पाराग्वेले महत्वपूर्ण तीन अंक जोडेको छ भने लगातार दोस्रो हार बेहोरेको टर्की विश्वकपबाट बाहिरिएको छ। यो समूहबाट आयोजक अमेरिका अन्तिम १६ मा पुगिसकेको छ।

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  ११:३१
प्रतिक्रिया दिनुहोस्