सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा मोरक्कोले स्कटल्यान्डलाई १–० गोलले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको छ।
शनिबार बिहान सम्पन्न खेलमा मोरक्कोका लागि इलियास साइबारीले खेलको दोस्रो मिनेटमै निर्णायक गोल गरेका थिए। प्रारम्भिक अग्रता लिएपछि मोरक्कोले खेलभर बलमाथि नियन्त्रण कायम राख्दै स्कटल्यान्डलाई बराबरीको अवसर दिन चाहेन।
साइबारीको सुरुआती गोल नै खेलको नतिजा तय गर्न पर्याप्त बन्यो। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। यस जितसँगै मोरक्कोले दुई खेलबाट ४ अंक जोड्दै समूह ‘सी’ मा आफ्नो नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। पराजित स्कटल्यान्ड भने ३ अंकमै सीमित रहेको छ।
यता, समूह ‘सी’ अन्तर्गतकै अर्को खेलमा ब्राजिल र हैटीबीच प्रतिस्पर्धा भइरहेको छ। हाफटाइमसम्म ब्राजिल ३–० गोलले अगाडि रहेको छ। ब्राजिलका लागि आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै तीन गोल गरेको हो।
समूह ‘सी’ मा ब्राजिल, मोरक्को, स्कटल्यान्ड र हैटी रहेका छन्। अन्तिम चरणका खेलपछि समूहबाट शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।