९ खेलाडीमा सीमित भएको कतार क्यानडासँग ६–० गोलअन्तरले पराजित

शुक्रबार, असार ५, २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान सम्पन्न समूह ‘बी’ को दोस्रो चरणको खेलमा घरेलु टोली क्यानडाले कतार माथि ६–२ को प्रभावशाली जित दर्ता गरेको छ। 

खेलको १६औँ मिनेटमा साइल लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए। त्यसपछि जोनाथन डेभिडले २९औँ, पहिलो हाफको अतिरिक्त समयमा (४५+३) र ९०+२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। नाथन सालिबाले ६४औँ मिनेटमा अर्को गोल थप्दा कतारका मोहम्मद मनाईबाट ७५औँ मिनेटमा आत्मघाती गोल भयो। 

कतारका होमाम अहमदले ३३औँ मिनेटमा तथा असिम मादिबोले ५३औँ मिनेटमा रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा सिमित भएको थियो। 

यो जितसँगै क्यानडाले दुई खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। समान ४ अंक भए पनि गोलअन्तरका आधारमा स्विजरल्याण्ड दोस्रो स्थानमा छ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  ०६:३८
प्रतिक्रिया दिनुहोस्