विश्वकप: स्विट्जरल्याण्डको दमदार प्रदर्शन, बोस्नियामाथि ४–१ को जित, चेकिया र द. अफ्रिका बराबरीमा

शुक्रबार, असार ५, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गए राति र आज बिहान भएका समूह चरणका खेलमा स्विट्जरल्याण्डले शानदार जित निकाल्दा चेकिया र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन्।

समूह  बी मा स्विट्जरल्याण्डले बोस्निया एन्ड हर्जेगोभिनालाई ४–१ ले पराजित गर्दै नकआउट चरणतर्फ बलियो कदम बढाएको छ।

स्विट्जरल्याण्डको जितमा जोहान मान्जाम्बीले ७४औँ र ९०औँ मिनेटमा दुई गोल गरे भने रुबिन भार्गासले ८४औँ मिनेटमा तथा ग्रानिट झाकाले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल थपे। बोस्नियाका लागि एर्मिन माहमिकले ९०ं३औँ मिनेटमा सान्त्वना गोल फर्काए। खेलको ८०औँ मिनेटमा बोस्नियाका तारिक मुहरेमोभिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

यता ग्रुप ए मा चेकिया र दक्षिण अफ्रिकाले १–१ गोलको बराबरी खेले। खेलको छैटौँ मिनेटमै मिखाल सादिलेकको गोलबाट चेकियाले अग्रता लिए पनि दक्षिण अफ्रिकाका टेम्बा मोकोएनाले ८३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई हारबाट जोगाए।

यी नतिजापछि ग्रुप बी मा स्विट्जरल्याण्डले आफ्नो स्थिति मजबुत बनाएको छ भने ग्रुप ए मा चेकिया र दक्षिण अफ्रिकाले एक–एक अंक बाँडेका छन्।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  ०५:५२
प्रतिक्रिया दिनुहोस्