सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले एसियन डेब्यु टोली उज्बेकिस्तानलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेकामा भएको खेलमा कोलम्बियाले ४०औँ मिनेटमा डानियल मुनोजको गोलबाट अग्रता लिएको थियो। लुइस डियाजको पासमा मुनोजले गोल गर्दै टोलीलाई पहिलो हाफमै १–० को अवस्थामा पुर्याएका थिए।
दोस्रो हाफको ६०औँ मिनेटमा अब्बोसबेक फायजुल्लाएभले गोल गर्दै उज्बेकिस्तानलाई १–१ को बराबरीमा ल्याए। विश्वकपमा पहिलो पटक सहभागी भएको उज्बेकिस्तानका लागि यो ऐतिहासिक गोलसमेत बन्यो।
तर बराबरीको खुसी धेरै समय टिक्न सकेन। खेलको ६५औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः २–१ को अग्रता दिलाए। त्यसपछि थप गोल हुन नसक्दा कोलम्बियाले महत्वपूर्ण तीन अंक हात पार्यो।
यस जितसँगै कोलम्बियाले समूह ‘के’ मा तीन अंक जोडेको छ। उक्त समूहको पहिलो खेलमा पोर्चुगल र डेमोक्रेटिक रिपब्लिक कंगो १-१ गोलको बराबरी खेलेका थिए।