फिफा विश्वकप २०२६: इरान र न्युजिल्यान्डबीचको खेल बराबरी, अंक बाँडे

मंगलबार, असार २, २०८३
Honor 600 pro

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरेपछि खेल बराबरीमा टुंगिएको हो।

खेलको सातौँ मिनेटमा एलिजाह जस्टले गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा रामिन रेजाइयानले गोल फर्काउँदै इरानलाई १–१ को बराबरीमा ल्याए।

दोस्रो हाफको ५५औँ मिनेटमा जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई पुनः २–१ को अग्रता दिलाए। तर ६४औँ मिनेटमा मोहम्मद मोहिबीले गोल गरेपछि इरान खेलमा फर्कियो र खेल २–२ को बराबरीमा सकियो। 

यो नतिजासँगै समूह ‘जी’ मा रहेका इरान र न्युजिल्यान्डले एक–एक अंक जोडेका छन्। यस समूहमा इरान, न्युजिल्यान्ड, बेल्जियम र इजिप्ट रहेका छन्। बेल्जियम र इजिप्टले पनि १-१ गोलको बराबरी खेलेका थिए।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  ०८:५६
प्रतिक्रिया दिनुहोस्