सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । स्वीडेनले प्रतियोगिताको पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै ट्युनिसियालाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
पहिलो हाफमा अग्रता बनाएको स्वीडेनले दोस्रो हाफमा थप दुई गोल गर्दै जितलाई अझ सहज बनायो। ५९औं मिनेटमा भिक्टोर ग्योकेरेसले गोल गर्दै टोलीलाई ३–१ को बलियो अवस्थामा पुर्याए। त्यसपछि ८६औं मिनेटमा माटियास स्भानवर्गले गोल गरे। सुरुमा उक्त गोललाई सहायक रेफ्रीले अफसाइड ठहर गरेका थिए, तर भिडियो सहायक रेफ्रीको समीक्षा पछि मुख्य रेफ्री याएल फाल्कन पेरेजले गोललाई मान्यता दिए।
स्वीडेनको आक्रमण त्यतिमै सीमित रहेन। इन्जुरी समयको छैटौं मिनेटमा यासिन अयारीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जितलाई अझ फराकिलो बनाए।
यस नतिजासँगै स्वीडेनले समूह चरणमा महत्वपूर्ण तीन अंक हासिल गरेको छ। यही समूहको अर्को खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेल्दै अंक बाँडेका थिए। उक्त नतिजापछि नेदरल्यान्ड्स र जापानको समान १–१ अंक रहेको छ भने ट्युनिसिया अंकविहीन बनेको छ।