विश्वकप २०२६: समूह 'सी' को दोस्रो खेलमा स्कटल्याण्ड विजयी, हाइटी पराजित

आइतबार, जेठ ३१, २०८३
Honor 600 pro

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को दोस्रो खेलमा स्क्टल्याण्डले हाइटीलाई १-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

आज बिहान बिहान भएको समूह सीको दोस्रो खेलमा स्क्टल्याण्डले हाइटीलाई पराजित गरेपनि १ गोल भन्दा अर्को गोल गर्न सफल भएन। स्क्टल्याण्डका जे म्याकजिनले पहिलो हाफको २८ मिनेटमा १ गोल गरे।

हाइटीले गोल फर्काउने प्रयास गरेपनि स्क्टल्याण्डले विफल पार्दै खेललाई आफ्नो नियन्त्रणमा लिएको थियो।

आज बिहान भएको समूह सीको पहिलो खेलमा ब्राजिल र मोरक्को १-१ गोलको बराबरी खेलेका थिए।

आज बिहान ९:४५ बजे अष्ट्रेलिया र टर्कीबीच समूह बीको दोस्रो खेल हुदैछ । यस समूहको हिजो भएको पहिलो खेलमा आयोजक अमेरिकाले पाराग्वेलाई ४-१ ले पराजित गरेको थियो।

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  ०८:५३
प्रतिक्रिया दिनुहोस्