विश्वकप २०२६: अमेरिकाको विजयी सुरुवात, पाराग्वेमाथि ४–१ को प्रभावशाली जित

शनिबार, जेठ ३०, २०८३
Honor 600 pro

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत मुख्य आयोजक घरेलु टोली अमेरिकाले आफ्नो पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ। लस एन्जलसमा सम्पन्न समूह ‘डी’ को खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ ले पराजित गरेको हो।

खेलको सुरुवातदेखि नै दबाब बनाएको अमेरिकाले सातौँ मिनेटमा आत्मघाती गोलको उपहार पायो। पाराग्वेका डिफेन्डर डी बोबाडिल्लाले आफ्नै पोस्टमा बल छिराएपछि अमेरिका अग्रतामा पुगेको थियो।

त्यसपछि फोलारिन बालोगुन अमेरिकाका लागि नायक बने। उनले ३१औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए भने पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा अर्को गोल थप्दै अमेरिकालाई ३–० को सहज अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा पनि अमेरिकाले आक्रामक खेललाई निरन्तरता दियो। अतिरिक्त समयमा जियोभानी रेनाले गोल गर्दै टोलीको खातामा चौथो गोल थपे। पाराग्वेका मौरिसियोले ७३औँ मिनेटमा एक गोल फर्काए पनि त्यसले खेलको नतिजा बदल्न सकेन। प्रभावशाली जितसँगै अमेरिकाले प्रतियोगितामा तीन अंक जोड्दै सुखद सुरुवात गरेको छ।

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  ०९:०२
प्रतिक्रिया दिनुहोस्