फिफा विश्वकप: क्यानडा र बोस्निया एन्ड हर्जगोभिना १–१ को बराबरीमा

शनिबार, जेठ ३०, २०८३
Honor 600 pro

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिना १–१ को बराबरीमा रोकिएका छन्।

क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा बोस्निया एन्ड हर्जगोभिनाले पहिलो गोल गर्दै अग्रता बनाएको थियो। खेलको २१औँ मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।

तर बोस्निया एन्ड हर्जगोभिनाले आफ्नो अग्रता जोगाउन सकेन। खेलको ७९औँ मिनेटमा काइल लारिनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानडालाई १–१ को बराबरीमा फर्काए।

त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमा सकियो। बराबरीसँगै क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एक–एक अंक बाँडे।

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  ०७:२७
प्रतिक्रिया दिनुहोस्