सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा एशियाली राष्ट्र दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक जित दर्ता गरेको छ। खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाले महत्वपूर्ण तीन अंक हात पारेको हो।
खेलभर बल नियन्त्रणमा प्रभुत्व जमाएको दक्षिण कोरियाले सुरुआती अग्रता भने जोगाउन सकेन। ५९औँ मिनेटमा लाजिस्लाभ क्रेजिसीले भ्लादिमिर कौफालको सहयोगमा गोल गर्दै चेक गणतन्त्रलाई अघि बढाएका थिए।
पछाडि परेको दक्षिण कोरियाले आक्रामक खेल प्रस्तुत गर्दै ६७औँ मिनेटमा खेल बराबरीमा ल्यायो। लि काङ–इनको पासमा ह्वाङ इन–बेओमले गोल गर्दै टोलीलाई राहत दिलाए। त्यसपछि ८०औँ मिनेटमा ओ ह्युन–ग्युलाई गोलको अवसर सिर्जना गर्दै बेओमलेनै अर्को योगदान दिए, जसलाई सदुपयोग गर्दै ओ ह्युन–ग्युले विजयी गोल गरे।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका लाई २–० ले पराजित गर्दै सुखद सुरुआत गरेको थियो। मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे।
उद्घाटन खेल निकै तनावपूर्ण बनेको थियो। दक्षिण अफ्रिकाका सेफेलो सिथोले र थेम्बा ज्वानेले रातो कार्ड पाएर मैदान छाडेपछि टोली नौ खेलाडीमा सीमित बनेको थियो। अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाए। यससँगै विश्वकप २०२६ को पहिलो खेलमै तीन खेलाडी मैदानबाट बाहिरिनु परेको थियो।
समूह ‘ए’ मा पहिलो चरणका खेल सकिँदा मेक्सिको र दक्षिण कोरिया समान तीन अंकसहित अगाडि रहेका छन् भने चेक गणतन्त्र र दक्षिण अफ्रिका अंकविहीन छन्