शिक्षा क्षेत्रमा २ खर्व १८ अर्व ३० करोड बजेट

शुक्रबार, जेठ १५, २०८३
Honor 600 pro

काठमाडौं   सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। तर शिक्षा क्षेत्रको बजेट भौतिक तथा शहरी विकास पूर्वाधारतर्फ छुट्याइएको बजेटभन्दा कम देखिएको छ।

भौतिक तथा शहरी विकास पूर्वाधारका लागि सरकारले २ खर्ब ६८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। यसले सरकारको प्राथमिकतामा पूर्वाधार विकासलाई शिक्षा भन्दा माथि राखिएको चर्चा सुरु भएको छ।

पछिल्ला वर्षहरूमा पनि शिक्षा क्षेत्रमा कुल बजेटको करिब १०–११ प्रतिशत मात्र छुट्याइँदै आएको तथ्यांक देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:२९
प्रतिक्रिया दिनुहोस्