सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित दिब्यज्योति इङ्ग्लिश बोर्डिङ स्कुलले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै सतप्रतिशत सफलता प्राप्त गरेको छ ।
सोमबार सार्वजनिक भएको नतिजा अनुसार विद्यालयबाट एसईई परीक्षामा सहभागी सबै ३९ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । विद्यालयका प्रिन्सिपल रोशन गिरीका अनुसार छात्रा सृष्टि गिरीले ४ जिपिए हासिल गर्दै विद्यालयको इतिहासमै पहिलोपटक पूर्ण जिपिए ल्याउने विद्यार्थी बन्न सफल भएकी छन् ।
तुलसीपुर उपमहानगरपालिकाभित्र यस वर्ष जम्मा ७ जना विद्यार्थीले मात्र ४ जिपिए प्राप्त गरेका छन् । विद्यालयका अनुसार ३.६ देखि ४ जिपिए ल्याउने १२ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने २६ जना तथा २.८ देखि ३.२ जिपिए ल्याउने १ जना विद्यार्थी रहेका छन् ।
वि.सं. २०५३ सालदेखि ग्रामीण परिवेशमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले न्यून शुल्कमा मध्यम तथा न्यून आय भएका परिवारका विद्यार्थीलाई शिक्षा दिँदै आएको प्रिन्सिपल गिरीले बताए । “हामीले सधैं उत्कृष्ट नतिजा दिँदै आएका छौं । यसपटक विद्यालयकै इतिहासमा पहिलोपटक ४ जिपिएसहित उल्लेखनीय सफलता हासिल हुँदा निकै खुसी र उत्साहित भएका छौं,” उनले भने, “दिब्यज्योतिलाई यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने हाम्रो प्रतिबद्धता अझ बलियो भएको छ ।”