राप्तीसोनारी–७ मा अध्यक्ष पौडेलद्वारा अमर ज्योति माविको भवन शिलान्यास

शुक्रबार, फागुन २९, २०८२
Honor 600 pro

बाँके । राप्तीसोनारी गाउँपालिका–७ नन्कौपुरस्थित अमर ज्योति माध्यमिक विद्यालयमा ४ कोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले आज एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन्। विद्यालयको शैक्षिक पूर्वाधार सुदृढ बनाउने उद्देश्यले करिब ५५ लाख रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको जनाइएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आएको बताए। उनले नयाँ भवन निर्माण भएपछि विद्यालयमा पठनपाठन सञ्चालन गर्न थप सहज हुने विश्वास व्यक्त गरे।

शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपु पाण्डे, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, स्थानीय बासिन्दा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्